२०८१ मंसिर ११ , मंगलबार

एक युवक पूर्व प्रेमिकाको कार्यालय बाहिर घुँडा टेकेर बसेपछि

सुनाखरी न्युज / चीनको सिचुवान प्रान्तका दाझहाउ सहरमा रहेको पूर्व प्रेमिकाको कार्यालय बाहिर युवकले २१ घण्टासम्म घुँडा टेकेर बसेपछि उनी चीनको सोसल मिडियामा चर्चाको विषय बनेका छन् । ती युवक मार्च २८ तारिखमा दिउँसो १ बजेदेखि भोलिपल्ट बिहान १० बजेसम्म घुँडा टेकेर बसेको अडिटी सेन्ट्रलले बताएको छ ।

 

रातो गुलाफको बुके अगाडि राखेर सडकमा घुँडा टेकेर बसेका ती युवकलाई सुरुमा कसैले वास्ता गरेनन तर घण्टौँ बितिसकेपछि भने मानिसहरूले उनलाई ‘किन यस्तो गरेको ?’ भनेर सोध्न थाले । पछि उनीबारे ठुलो जमातलाई थाहा भयो ।‘घुँडा नै टेकेर बस्नु पर्दैनथ्यो । तिमी यत्तिका बेर बाहिर यसरी बसिराख्दा तिम्री प्रेमिका आइन त ?’ ली थर भएका एक व्यक्तिले भने ।

 

त्यहाँ उपस्थित धेरै मानिसले उनलाई आफूलाई दुःख दिन बन्द गर्न आग्रह गरे तर उनले कसैले भनेको सुनेनन । कसैले प्रहरीसमेत बोलाए तर प्रहरीले पनि उनलाई यसो गर्नबाट रोक्न सकेनन ।‘प्रेमिकाले उनलाई केही दिन अघि ब्रेक अप दिएको उनले भनेका छन । उनी प्रेमिकाको माफी चाहन्छन पुनः सम्बन्धमा रहन आशावादी छन ’ एक प्रहरी अधिकारीले भने ।एजेन्सी