२०८१ मंसिर १२ , बुधवार

थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रिय संक्रमितको संख्या पुग्यो ३८६

Corona

सुनाखरी न्युज/काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार २ हजार ४ सय ५० नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी कूल १०८ जनामा कोरोना सक्रमण देखिएको हो । बुधबार भने कोरोनाबाट कुनै संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मंगलबार भने २ जना संक्रमितको निधनको भएको । यस्तै, कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

हाल संस्थागत आइसोलेशनमा २१ जना, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । ४५ हजार ६५२ जनाले कोरोना खोप लगाउँदा ६६ जना डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ ।