२०८१ मंसिर १२ , बुधवार

राष्ट्रपति पौडेललाई भारतीय प्रधानमन्त्री मोदीको स्वास्थ्यलाभ कामना

सुनाखरी न्युज/काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । मोदीले विदेशसचिव विनयमोहन क्वात्रामार्फत स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमै फूलको गुच्छा पठाएका हुन् ।

 

राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान भारतको राजधानी नयाँ दिल्ली लगिएको थियो । उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गरिँदैछ । राष्ट्रपति पौडेललाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको भारतीय दूतावासले जनाएको छ । ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई भारतीय प्रधानमन्त्री मोदीजीको तर्फबाट स्वास्थ्यलाभको कामना गर्दै फूलको गच्छा प्राप्त भएको छ ।

 

यसैबीच राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर रहेको र उनी चिकित्सकहरूको निगरानीमा रहेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पौडेलको उपचार बुधबार दिउँसोबाट सुरु गरिएको दूतावासले जानकारी दिएको छ ।