२०८१ मंसिर १४ , शुक्रवार

कुमारी बैंकर सी जी मोटर कोर्प बीच सम्झौता

सुनाखरी न्युज/काठमाडौँ । कुमारी बैंक लिमिटेड र सी जीमोटर कोर्प (CG Motor Corp)का बीच ग्राहकहरू लाई Suzuki ब्रान्डका सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा Suzuki ब्रान्डका सवारी साधनहरु खरिदका लागि कर्जा उपलब्ध गराउने भएको छ । यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालकोकुनै पनि Suzuki काडिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेड बाट सजिलै बिजक मूल्यको ७०% सम्म कर्जा प्राप्तगर्न सक्नेछन् साथै सो कर्जा ८ वर्ष अवधी सम्मका लागि लिन मिल्ने प्रावधान गरिएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथाउत्कृष्ट सेवाप्रदानगर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।