२०८१ माघ २ , बुधवार

प्रभु बैंकको किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता

सुनाखरी न्युज/काठमाडौँ । प्रभुबैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बिच किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता भएको छ ।

 

उक्त सम्झौता पत्रमाआर एण्ड डि ईन्नोभेटिभ सोलुशनकी प्रमुखकार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी तथा इनफि केयर प्रा.लि.का निर्देशक श्रीसबिन मानन्धर र बैंकको तर्फ बाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार किसानहरु लाई सहज ढङ्गले बित्तिय कर्जा उपलब्ध गराउनप्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बिच उक्त त्रिपक्षीय सम्झौता भएको छ ।

 

यस साझेदारी को मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकाशर विस्तारमा केन्द्रित गर्ने रहेको छ। साथै, समाजमा उच्चस्तरिय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यलिई ३६५ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा३०ATM सहित फराकिलोे पहुँच रहेको प्रभुबैंक लिमिटेडले उक्त सम्झौता अनुरुप किसानहरुलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास लिएको छ ।