२०८१ मंसिर ४ , मंगलबार

नेलम्बो नेपालको २ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सुनाखरी न्युज/ पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपाल र मादी गाउँपालिकाको संयुक्त आयोजनामा मादी गाउँपालिका वडा नं. १२मा अवस्थित श्री हिमालय आधारभूत विद्यालयमा वैशाख ९ र १० गरी २ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । उक्त स्वास्थ्यशिविरमा स्त्रीरोग, हाडजोर्नी, छाला, बालरोग, सामान्यजाँच, दन्त रोगको उपचार गरिएको थियो ।

 

शिविरमा ल्याब, इसिजि, भिडियो एक्सरे जस्ता सेवाहरु पनिउपलब्ध गराईको थियो । २ दिन सम्म सञ्चालनभएको शिविरमा जम्मा ४२३ जनाले सेवा लिएका थिए । सोशिविरमा स्त्रीरोग सम्बन्धी७८ सेवा, हाडजोर्नी सम्बन्धी १७७ सेवा, छालासम्बन्धी ४५ सेवा,सामान्य चेक जाँच सम्बन्धी ३०० सेवा,बाल रोग सम्बन्धी ४५ चेक जाँच, इसिजि ५६, भिडियो एक्सरे ३५, १४१ रगत परिक्षण र ल्याबमा८० पिसाब परिक्षण गरी जम्माकुल ११०४ सेवाप्रदान गरिएको थियो ।उक्तकार्यक्रममाडा. प्रदिप भटट्राई, डा. रवि मोहन ढकाल,डा. प्रकाशकार्की, डा. सुर्दशनआचार्य, डा. विनोद वराल र डा. सिजनमसार्नीले सेवाप्रदान गर्नु भएको थियो ।उक्तशिविरमा संस्वयम सेवकको रुपमा थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र रस्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुले सहयोग गर्नु भएको थियो ।

 

त्यसै गरी उक्तशिविरमा नेलम्बो नेपालकाभीम प्रसाद भण्डारी, निर्मला देवकोटा, शमिका बस्नेत, रविगुरुङ्ग, रुपेशगुरुङ्ग, करुनागर्बुजा, अन्जु वि.क., नम्रताढुङ्गाना, कृष्ण प्रसाद देवकोटा, विकास खड्का र रुपापुनको टिम उपचारमा संलग्नभएको थियो । त्यसै गरी नेलम्बो नेपालकाअध्यक्षतथा समापनकार्यक्रमकाप्रमुखअतिथिएकदेव देवकोटाले नेलम्बो नेपालले मादी गाउँपालिकासँग सहकार्य गरेर कार्य गर्न पाउँदाखुशीव्यक्त गर्नु भयो । उहाँले लिप्यानीमाआएर सेवादिनु हुने सम्पूर्ण प्राविधि टिम, स्वयम् सेवक, गाउँपालिकको सहयोग, मादी गाउँपालिका वडा नं. १२लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले सहकार्यमा मात्रकुनै पनिकार्य गर्दा त्यसको अपनत्व र सफलताहुने पनिव्यक्त गर्नु भयो ।

 

यो निःशुल्क स्वास्थ्यशिविरलाई मादीगाउँपालिकाअन्र्तगतको स्वास्थ्यशाखा र मादीगाँउपालिका वडा नं १२ ले अपनत्वलिई यस कार्यक्रमलाई केन्द्रमा राखीभव्य रुपमा सम्पन्न गरेकोमा हार्दिक आभार व्यक्त गर्नु भयो । उक्तकार्यक्रममामादीगाउँपालिका वडा नं १२ का अध्यक्ष कृष्णा राजदाहालले निःशुल्क स्वास्थ्यशिविर प्रभावकारी भएको र धेरै भन्दा धेरै सेवाग्रहीहरुले सेवालिएको र लक्षअनुरुप सेवादिन सफलभएकोमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुलाई धन्यवादव्यक्त गर्नु भयो साथै यो कार्यक्रम नेलम्बो नेपालसँगको सहकार्यको एक सुरुवात रहेको र आगामीदिनहरुमा सहकार्यमा विभिन्नकार्यक्रमहरु सञ्चालन गर्ने चाहाना पनि व्यक्त गर्नु भयो । एउटा अस्पताल सरहको सेवा घरदैलोमा नै प्रदान गर्नु भएकोमा नेलम्बो नेपाललाई विशेष आभार व्यक्त गर्नु भयो । वडा नं. १२ का अध्यक्षकृष्णा राजदाहालको अध्यक्षतामा सञ्चालित कार्यक्रम मादी गाँउपालिका वडा नं १२ का सचिव हेमन्त राज ढकालले सञ्चालन गर्नु भएको थियो ।