२०८१ पुष २६ , शुक्रवार

अमेरिकामा विमानसँग ठोक्कियो चरा

सुनाखरी न्युज / अमेरिकन एयरलाइन्सको एक विमानसँग चरा ठोक्किएको छ । त्यसपछि विमानको इन्जिनमा आगो लागेको छ । करिब २० मिनेटसम्म उडेपछि यसलाई ओहायोमा आपतकालीन अवतरण गराइयो । घटना अमेरिकी समयानुसार आइतबार बिहानको हो । यसको भिडियो अहिले सार्वजनिक भएको छ । डेली मेलको रिपोर्ट अनुसार बोइङ ७३७ फ्लाइट ब्ब्ज्ञढछड ले ओहायो राज्यको कोलम्बस सहरको जोन ग्लेन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान पौने ८ बजे उडान भरेको थियो ।

 

उक्त विमान एरिजोना राज्यको फिनिक्स सहर पुग्नुपर्ने थियो तर उडेको ४० मिनेटपछि  जोन ग्लेन विमानस्थल फिर्ता भएर अवतरण भएको थियो । एक यात्रुले एनबीसीफोर न्युजलाई भने, ‘उडान भरेको केही मिनेटपछि विमानमा निकै ठुलो आवाज सुनियो । इन्जिनले काम गर्न छोडेको जस्तो महसुस भयो । के भयो हामीले बुझ्न सकेनौँ । त्यसपछि पाइलटले दुर्घटना बारे जानकारी दिए । विमानसँग चरा ठोक्किएको उनले बताए ।’

 

यस्तै, दुर्घटनाको भिडियो शेयर गर्ने एक प्रयोगकर्ताले लेखे, ‘मैले अमेरिकन एयरलाइन्सको फ्लाइट देखेँ, त्यसमा आगो लागेको थियो । उडिरहेको यो विमानबाट निकै ठुलो आवाज पनि आइरहेको थियो । दुर्घटनामा कोही पनि घाइते भएनन सबै यात्रुलाई सकुशल बाहिर निकालियो।फेडरल एभिएसन एडमिनिस्ट्रेशन एफएएले उडान भर्ने बित्तिकै चराले ठक्कर दिएको जानकारी दिएको छ । जसका कारण इन्जिनमा आगो लाग्यो । यस क्रममा कोही पनि यात्रु वा चालक दलका सदस्य घाइते भएनन । एक यात्रुले भने – आगलागीको खबर पाउनासाथ हामी सबै डरायौँ । तर आकस्मिक अवतरण पछि, हामीलाई सुरक्षित रूपमा बाहिर निकालियो । केही समय पर्खिएपछि सबै यात्रुलाई दोस्रो विमानमा राखियो ।