२०८१ माघ २ , बुधवार

समृद्धि फाइनान्सको नयाँ क्यास व्याक योजना सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । समृद्धि फाइनान्सले आकर्षक योजनाहरु पस्किने क्रममा नयाँ क्यास व्याक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्यास तथा पानीको क्रेता र विक्रेताले समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्यु आर प्रयोग गरि कारोबार गर्दा क्यास व्याकको सुविधा प्राप्त गर्नेछन ।

 

जसमा ग्याँस सँगै क्यास योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्यु आर प्रयोग गरि ग्यासको खरिद विक्रि कारोबार गर्दा प्रति सिलिन्डर क्रेताले रु. ५० र विक्रिेताले रु. १० क्यास व्याक प्राप्त गर्नेछन् । त्यस्तै, पानी बचतको बानी योजना अन्तर्गत प्रत्येक पानिको जार खरिद गर्दा खरिदकर्ताले रु. ५ क्यास व्याक प्राप्त गर्नेछन । उक्त योजना सिमित अवधिको लागि हुने फाइनान्सले जनाएको छ ।

 

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । आगामी दिनमा थप पाँच वटा शाखा सञ्चालनमा ल्याउने योजना रहेको जनाइएको छ ।