२०८१ मंसिर ४ , मंगलबार

सार्वजनिक ठाउँहरु खुल्ला राखौं, अफ्ठ्याराहरुमा पछुताउनु नपरोस् : मेयर बालेन साह

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषय तयारीमा जुट्नुपर्ने बताएका छन् । भूकम्प गएको ८ वर्षमा पुराना कुरा सम्झेर अझै पनि तयारीमा जुट्न नसकेको भन्दै मेयर साहले दुर्घटनाहरु सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नुपर्ने बताएका हुन् ।

 

प्राकृतिक विपत्तिको पूर्व तयारीका लागि अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्न सके र सार्वजनिक ठाउँहरु खुल्ला राख्न सके भोलिका दिनमा पछुताउन नपर्ने उल्लेख गरेका छन् । उनले भूकम्प गएकाे ८ वर्ष भएकाे सन्दर्भमा सामाजिक सञ्जालमा लेखेका छन्,‘हाम्रो बिर्सने बानी छ । ८ वर्ष पुरानो महाभुकम्प हामीले बिर्सिसकेका छौँ । फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका बिषयमा हामीले तयारी गरेका नै छैनौँ । दुर्घटनाहरु सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नु पर्ने हो ।

 

अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्नु पर्ने हो । सार्वजनिक ठाउँहरु खुल्ला राख्नु पर्ने हो । ताकि भोलि हुन सक्ने अफ्ठ्याराहरुमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् । आजैदेखि सावधान बनौँ । काठमाण्डौ महानगरको नीति यति मात्रै हो । भोलिका लागि काठमाण्डौ लाई तयार पारौँ । जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ ।’

Image