२०८१ मंसिर १३ , बिहिवार

सर्पको टोकाईबाट युवकको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।

 

तुलसीपुर उपमहानगरपालिका–१६ शान्तिटोलका २६ वर्षीय रोशन डाँगीको सोमबार राति सर्पको टोकाइबाट मृत्यु भएको हो ।घरमा सुतिरहेको अवस्थामा राति १० बजेतिर सर्पले खुट्टामा टोकेको थियो । डाँगीलाई अस्पताल लैजान ढिलाइ हुँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।

 

उनलाई मंगलवार बिहान राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरले मृत घोषणा गरेका थिए ।