२०८१ आश्विन ७ , सोमवार

बलिउड गायक पापोन नेपाल आउदै

सुनाखरी न्युज / काठमाडौं  – भारतका प्रतिभाशाली कलाकारहरू मध्ये एक प्रसिद्ध गायक पापोन प्रत्यक्ष प्रस्तुतिका लागि नेपाल आउदैछन्। नेपालमा उनको यो पहिलो प्रस्तुति हो। लिक्विड इन्टेलिजेन्स नामक क्रियेटिव मिडिया एजेन्सीले आयोजना गर्न लागेको कन्सर्ट सोल्टी होटेलस्थित प्रिवे क्लबमा वैशाख २३ गते आयोजना हुनेछ।

 

गायक आफ्नो भावपूर्ण र मनमोहक प्रस्तुतिको लागि चिनिने गर्छन्। उनका जिए क्यूँ र मोह मोह के धागे जस्ता प्रसिद्ध गीतहरूको हृदयस्पर्शी संस्करणहरू उत्कृष्ट मानिन्छ। पापोनले असमिया लोकसङ्गीत र समसामयिक विधाहरूको अद्वितीय संयोजनको साथ विश्वभरि लाखौँ उत्साहीहरूको मन जितेका छन्।

 

कार्यक्रमका बारेमा उत्साह जनाउँदै पापोनले भने काठमाडौंमा प्रस्तुति दिन पाउँदा म निकै उत्साहित छु । बलिउड सङ्गीत जगतमा पनि आफ्नो जादु फैलाएका गायकले दर्शकलाई मनोरञ्जन, दक्षता र भव्यताका साथ आकर्षित गर्छन्। काठमाडौँमा उनले आफ्ना नयाँ सिर्जनाका साथै प्रख्यात हिटहरूगीतहरु सुनाउनेछन् । उनलाई अन्य १२ वाद्यवादन र सङ्गीतकारहरूले साथ दिँदै त्यस साँझलाई जीवन्त बनाउने पक्का छ।

 

गायकको प्रत्यक्ष प्रदर्शन एक अतुलनीय अनुभव हुने अनेकौँ प्रमाण छन्। उनले सबैलाई धुनहरूमा समाहित भई दैनिकीको ओझेलबाट निस्किने अवसर प्रदान गर्छन्। उपस्थित सम्पूर्णले पापोनको साङ्गीतिक समुन्द्रमा डुबुल्की मार्न पक्कै पनि पाउनेछन्। टिकटहरू खल्ती एपको इभेन्ट सेक्नसमा उपलब्ध छन्।