२०८१ कार्तिक १६ , शुक्रवार

फेरि अमेरिकाको राष्ट्रपतिमा उठ्ने ८० वर्षका बाइडेनको घोषणा

सुनाखरी न्युज/काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एक भिडियो सार्वजनिक गर्दै बाइडेनले मंगलबार  राष्ट्रपतिको उम्मेदवारका लागि औपचारिक अभियान सुरु गरेका छन् । डेमोक्र्याटले बाइडेनले दोश्रो कार्यकालका लागि दावी गर्ने संकेत गर्दै आइरहेको थियो ।

 

बाइडेनले स्वतन्त्रता र अधिकार खतरामा रहेको परेको भन्दै उनले भने, ‘यो सन्तुष्ट हुने समय होइन, त्यसैले म दौडिरहेको छु ।’ ८० वर्षीय बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । सन् २०२४ मा हुने चुनाव जितेमा २०२९ मा दोस्रो पूर्ण कार्यकालपछि उनी ८६ वर्षका हुनेछन् ।

 

‘अमेरिकी भावनाको पुनर्स्थापन’ गर्ने वाचा गरेका उनले सन् २०२० को चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए । ‘जब म चार वर्षअघि राष्ट्रपतिको लागि दौडेको थिएँ, मैले भनें कि हामी अमेरिकी भावनाको लडाइँमा छौं, र हामी अझै पनि छौं,’ बाइडेनले तीन मिनेटको भिडियोमा भने ।

डेमोक्र्याटिक उम्मेदवारीका लागि उनीसँग अहिलेसम्म कुनै प्रमुख प्रतिद्वन्द्वी छैनन् अर्थात् पार्टीमा उनको उम्मेदवारीको सहज बाटो निश्चित छ । तर पनि उमेरका कारण उनी राष्ट्रपतिमा दोहोरिनु हुन्न भन्ने मत भने डेमोक्र्याटिक भित्रै रहेको बीबीसीले जनाएको छ ।