सुनाखरी न्युज/ काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको २१ टन चिनीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाटको टिसिएन चोकमा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याएको २१ हजार किलोग्राम चिनिसहित ना ६ ख २९०३ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
कारोबारमा संलग्न भएको आशंकमा सिराहा धनगढीमाई–१० बस्ने ट्रक चालक वीरेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
१५ लाख ८५ हजार मुल्य बराबर उक्त चिनि आवश्यक कारवाहीका लागी राजस्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।