सुनाखरी न्युज / इजरायल पठाउने लोभ देखाएर मोटो रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै झापा गाउँपालिका वडा नं। ७ की ३२ वर्षीय हरीकला दाहालसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुले इजरायलमा पुगेपछि कन्स्ट्रक्सनमा काम लगाइदिने विश्वास दिलाएर प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ४८ लाख रुपियाँ रकम ठगी गरी सम्पर्कविहीन भएको विज्ञप्तिमा उल्लेख छ ।
विशेष प्रहरी टोलीले खोजतलासको क्रममा मंगलबार दिउँसो साढे २ बजे उनीहरुलाई चाबहिल ७ बाट पक्राउ गरेर अनुसन्धानका लागि वैदशिक रोजगार विभागमा पठाएको छ ।