२०८१ आश्विन ७ , सोमवार

पूजा र रेखाको फिल्ममा केकी ?

सुनाखरी न्युज/ काठमाडौं । अभिनेत्रीद्वय पूजा शर्मा तथा रेखा थापा एकसाथ पर्दामा देखिने चर्चा चलेको लामो समय भयो । उक्त फिल्ममा अर्की अभिनेत्री पनि रहने चर्चा छ । यद्यपि, ती को हुन् भन्ने टिमले हालसम्म सार्वजनिक गरेको छैन ।

 

ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने भनिएको उक्त फिल्ममा तेस्रो अभिनेत्री आँचल शर्मा हुने कुरा थियो । तर यो कुरा कुरैमा सिमित भएको देखियो । यसैबीच, अब भने उक्त फिल्ममा अभिनेत्री केकी अधिकारी रहने अनुमान गरिएको छ । केकीले रेखा र पूजाको बीचमा बसेर खिचेको तस्विर सार्वजनिक गरेकी छिन् । उक्त तस्विर रेखाले आफ्नो स्टोरीमा पनि राखिन् । तर स्पष्ट केही बताइएको छैन ।

 

केकी अधिकारी अभिनित फिल्म प्रसाद २ को प्रीमियरमा खिचिएको उक्त तस्विरले खास अर्थ राख्ला–नराख्ला, त्यो भने समयले नै बताउला ।