२०८१ मंसिर १० , सोमवार

शेयर बजारमा गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं । शेयर बजारको उकालो यात्रा टिक्न सकेको छैन । मंगलबार दोहोरो अंकले बढेरको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको हो ।

 

आज नेप्से १३.६८ अंकले घटेर एक हजार ८ सय ९२ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार नेप्से १७.३६ अंकले बढेर एक हजार ९ सय ५ दशमलब ६८ विन्दुमा पुगेर बन्द भएको थियो । त्यस्तै, आज ८४ करोड ७० लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

नेप्सेका अनुसार आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ३.२५ प्रतिशतले बढेर प्रतिकित्ता ९२१ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.१२ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड एक रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।