सुनाखरी न्युज/ काठमाडौं । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेतालक्ष्मीकमर्शियल भेहिकल्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेड बिच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमालगानीगर्ने सम्बन्धी सम्झौताभएको छ ।
सम्झौतापत्रमा एभरेष्ट बैंककातर्फ बाट डिपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्शियल भेहिकल्सकातर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिलशिवाकोटीले हस्ताक्षर गर्नु भएको थियो । यो सम्झौताअनुसार एसएमल इसुजुकाग्राहकहरुले २०८० बैशाख १३ गते देखि नै ऋण सुविधालिन सक्ने जनाईएको छ । लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापितप्रतिष्ठित औधोगिकतथाब्यापारिक घरानाहो । लक्ष्मीग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बिएमडब्लुका कारहरुको नेपालको एक मात्रआधिकारिक बिक्रेताहो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुकाकमर्शियल गाडीहरुको आधिकारिक बितरक भै कार्य गरि आएको छ ।
एभरेष्ट बैंकसँगभएको सम्झौताअनुसार लक्ष्मीकमर्शियल भेहिकलसले नेपालमाआयात गरेर बिक्रीबितरण गर्ने एसएमएल इसुजुकास्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमाबैंकका नेपाल भर रहेका आफ्ना १२४ शाखाकार्यालय मार्फत गाडीको मुल्यको ७०% सम्मकर्जा लगानीगर्ने छ । साथै, यस्तो कर्जा बढिमा ७बर्ष सम्मको लागिउपलब्धहुनेछ । साथै, सर्भिस चार्ज र ब्याज दरमापनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मीकमर्शियलकाबिजेनेश हेड सञ्जय खड्काले जानकारी दिनु भएको छ ।
यो सम्झौता पश्चात दुई संस्था बिचको ब्यापार बढाउन सहयोगीहुने र भबिष्यमापनि सहकार्य गर्दै अगाडि बढ्ने बिचार बैैकका डिपुटी जेनेरल मेनेजर गौरब कुमारले ब्यक्तगर्नु भएको थियो । लक्ष्मीकमर्शियल भेहिकल्सका सबै शाखाकार्यालयहरु, डिलरहरुबाट एभरेष्ट बैंक सँग भएको सम्झौताअनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकहरुलाई आवश्यक ऋण लिने प्रकृयामा सहजीकरण गरिने लक्ष्मी कमर्शियलका नेटवर्क हेड इश्वर दहालले जानकारी दिनु भएको छ ।
लक्ष्मी ग्रुप अन्र्तगतको लक्ष्मी कमर्शियल भेहिकलस् प्रा.लि.ले नेपालमाएसएमएल इसुजुकाकमर्शियल गाडीहरुको आधिकारिक बितरकको रुपमाकार्य गर्दै आएको छ । यसले भारतको चण्डिगढमा अवस्थितएसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमाआयातगरि नेपालको बजारमाबिक्रीबितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिदै आएको छ । एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुलबसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादनगर्ने गर्दछ । मजबुत वनावट र इन्धनकिफायतीभएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफलभएका छन् ।