२०८१ मंसिर १४ , शुक्रवार

नेपाल राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी प्रवद्र्धनमा connectIPS प्रणालीको योगदानलाई सम्मान

सुनाखरी न्युज/ काठमाडौं । नेपालको विद्युत्तीय भुक्तानी प्रवद्र्धनमा योगदान पु¥याएको हुँदा नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सम्बन्धन संस्थाहरुले सञ्चालनमा ल्याएका संयन्त्र ÷ प्रणालीहरु मध्ये नेपाल क्लियरिङ्ग हाउसको connectIPS प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै आज मिति २०८०/०१/१४ गते नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवका दिन आदरणीय गर्भनर महा प्रसाद अधिकारी ज्यूले यस नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गर्नुभएको छ ।

 

राष्ट्र बैंकले चालू आर्थिक वर्षलाई विद्युत्तीय भुक्तानी प्रवद्र्धन वर्षको रुपमा मनाउँदै आएको छ । वार्षिकोत्सवको विशेष अवसरका दिनमा डिजिटल भुक्तानी प्रणालीका सेवाहरु संचालन गर्दै आइरहेका विभिन्न संघ संस्थाहरुलाई राष्ट्र बैंकले सम्मान गरेको हो । connectIPS प्रणालीले नेपालको रिटेल भुक्तानीको क्षेत्रमा खेलेको उल्लेख्य भूमिका र यस मार्फत गर्दै आएको विद्युत्तीय भुक्तानी कारोबारले पारेको प्रभावलाई उच्च मूल्याङ्कन गरी उक्त प्रशंसापत्र प्रदान गरिएको हो । यस सम्मानले एनसीएचएललाई आफूले गर्दै आएका काम प्रति थप जिम्मेवारी बोध गराएको छ भने उक्त कार्यलाई निरन्तरता दिन थप प्रोत्साहित समेत बनाएको छ ।

 

आर्थिक वर्ष २०७९/८० को चैत्र मसान्त सम्म connectIPS मार्फत ने. रु. २८.४९ खर्बको कारोबार फर्छ्यौट गरेको छ । उक्त प्रणालीबाट खाता तथा वालेटमा गरिने फन्ड ट्रान्सफर, व्यावसायिक भुक्तानीहरु नेपाल सरकारको राजस्व, सेवा वापतको रकम संकलन तथा विभिन्न भुक्तानीका कारोबारहरु हुँदै आएका छन् ।