२०८१ मंसिर १३ , बिहिवार

प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ

सुनाखरी न्युज/  बिराटनगर। मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषधी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझा ६ बजे उर्लाबारी नगरपालिका-१ स्थितमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-१ का २३ बर्षीय राम कुमार परियार, २२ बर्षीय सुमन परियार, २३ बर्षीय उमेश धिमाल र २९ बर्षीय सनम माझीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ट्रामाडोल-२११ पिस र स्पासपेन-२०५ पिस फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी सुन्दरहरैचा- २ स्थित जय श्रीराम मेडिकल सन्चालन गर्दै आईरहेको ५७ बर्षीय राम कुमार ठाकुरले लागुऔषधी बिक्रि बितरण गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरी टोलीले पसलमा लुकाईछिपाई राखेको Spasmo Antis Pasmodic, Tramol, Spaspain गरी जम्मा ७ सय ८२ पिस औषधी र नगद ४ हजार ८ सय ४० रुपैया सहित मेडिकल संचालक ठाकुरलाई पक्राउ गरेको हो ।

 

प्रतिबन्धित लागुऔषधी सहित पक्राउ गरेको उनिहरुको सम्बन्धित कार्यालयहरुबाट अनुसन्धान भईरहेको छ ।