२०८१ आश्विन ७ , सोमवार

रामकृष्ण र शम्भुजितको ‘माया हुन्छ भनन’ सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाको संगीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ सार्वजनिक गरिएको छ ।

 

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा ज्ञानेन्द्र गदालको शब्द र दीक्षित पौडेलको एरेन्ज छ । गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

 

भिडियोमा गायक रामकृष्ण ढकाल र नायिका केकी अधिकारीको अभिनय छ । प्रेम र रोमान्स देखाउन खोजिएको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।