२०८१ पुष २९ , सोमवार

वर्खायाम सुरु नहुँदै डेंगी महामारी

सुनाखरी न्युज/ काठमाडौं। यस वर्ष गर्मी यामको सुरुवाति चरणमै डेंगु संक्रमण देखिन थालेको छ । यसरी हेर्दा गत वर्ष देखि देखिएको डेंगु संक्रमण दर यो वर्षसम्म पनि शुन्यमा झरेको छैन ।

 

यो समयमा डेंगु संक्रमित बढेर १७ हजार भन्दा बढि संक्रमित देखिएका थिए भने ६ जनाको मृत्यु भएको थियो । साथै सोहि वर्ष सात वटै प्रदेश तथा ७७ जिल्लामा नै संक्रमण फैलिएको थियो । सन् २०ं०४ मा पहिलो पटक देखिएको डेंगु संक्रण २०७९ साल सम्म आईपुग्दा डेंगु संक्रमण हरेक वर्ष बढेको देखिन्छ । साथै दुई तीन वर्षको अन्तरालमा यसले महामारीको रुप लिएको देखिन्छ । पछिल्लो समय जलवायु परिवर्तनसँगै यातयातको सुविधा, लामखुट्टेको आनीबानी परिवर्तनका कारण अहिलेको अवस्थासम्म आईपुग्दा हिमाली तथा उच्च हिमाली जिल्लामा समेत डेंगु सङ्क्रमण पुष्टि हुन थालेका छन् । जसका कारणले पनि हुन सक्छ गर्मी मौसममा मात्र देखिने डेंगु संक्रमण जाडो मौसममा समेत देखिएका तथ्य बाहिर आएका छन् । तथ्यांक हेर्दा २०७९ साल पुस महिना यता मात्र ५ सय भन्दा बढिमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

 

२०७९ सालको पुष महिनामा समेत डेंगु संक्रमित विरामी फेला परेका कारण यो वर्षको वर्षायाममा डेंगु संक्रमण निकै बढ्न सक्ने आंकलन गरिएको छ । डेंगु एडिस एजिप्टाइ नामको पोथि लामखुट्ेको टोकाइबाट लाग्ने रोग हो । यो रोगको अहिलेसम्म औषधी भने बनेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु तथा डेंगु संक्रणम गराउने लामखुट्ेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने उपाय हो । साथै घरवरपर पानी जम्न नदिनु तथा वरपरको सरफाईमा विशेष ध्यान दिन आवश्यक रहेको चिकित्सकको सुझाव छ ।