२०८१ मंसिर १५ , शनिवार

प्रधानमन्त्रिलाई डा.लोहनीको प्रश्न करको दर हेरफेर गरेको गम्भीर अपराध बारे के तपाई जाँच बुझ गर्न तयार हुनु हुन्छ ?

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले करको दर हेरफेर गरेको गम्भीर अपराध बारे के तपाई जाँच बुझ गर्न तयार हुनु हुन्छ भनि प्रधानमन्त्रिलाई प्रश्न गरेका छन ।

 

डा.लोहनीले सामाजिक सन्जालमा लेख्दै भनेका छ्न सम्माननीय प्रधानमन्त्रिले सुशासन कायम गर्छु भन्नु भएछ, मेरो एउटा प्रश्न छ: अर्थ मन्त्रालयमा तपाईको पार्टीका अर्थमन्त्री हुदा बाहिरको मान्छे लाई अर्थ मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गरेको गम्भीर अपराध बारे के तपाई जाँच बुझ गर्न तयार हुनु हुन्छ ?

आठ प्रतिशतको आर्थिक वृद्धिको सपना देखाएर विकासको नाममा भ्रस्टाचार र बढी भन्दा बढी कुत् खान पल्केको वर्तमान सत्तामा रहेका नब सामन्तबादीको झुण्डले सुशासन को सपना देखाउनु ” आकाश को फल आखा तरी मर” भने जस्तो मात्र हो, उनले भनेका छन ।

डा.प्रकाशचन्द्र लोहनी पूर्व अर्थ मन्त्री समेत हुन ।