२०८१ आश्विन ७ , सोमवार

सहकार्य गर्दै सलमान खान र करण जोहर

 

सुनाखरी न्युज / काठमाडौं  – अभिनेता सलमान खान र निर्माता करण जोहरले प्रोजेक्टको बारेमा छलफल गरिरहेको खबर आएको थियो । यो फिल्मलाई ‘शेरशाह’ निर्देशक विष्णु वर्धनले निर्देशन गर्ने चर्चा पनि थियो । बलिउड स्रोतका अनुसार सलमानले यो फिल्मका लागि स्क्रिप्ट समीक्षा गरिरहेका थिए र धर्मा प्रोडक्सनबाट सन २०२४ को ईदमा रिलिजका लागि चासो देखाएका थिए । सलमानले भारतीय टेलिभिजन शो ‘आपकी अदालत’को पछिल्लो एपिसोडमा यसबारे कुरा गरेका छन ।

 

उक्त टिभी शोका होस्ट रजत शर्मासँगको अन्तर्वार्ताको क्रममा सलमानलाई करणसँगको सहकार्यको बारेमा सोधिएको थियो । जसमा उनले धर्मा प्रोडक्सनसँग फिल्म गर्न लागिएको बताए र नयाँ फिल्ममा सँगै काम गर्न लागेकोबारे पुष्टि गरे ।

 

सलमानले आफूलाई करण जोहरबाट फिल्म अफरको फोन आएको र आदित्य चोपडाले फिल्मको लागि सम्पर्क गरेको पनि बताए । उनले भने, ‘अहिले करण जोहरबाट फोन आएको थियो कि उनीसँग एउटा फिल्म छ । साथै, आदित्य चोपडाले पनि फिल्मको अप्रोच गरेका छन् । म यी दुवैसँग काम गर्न चाहन्छु । १० वर्षदेखि यस्तो भइरहेको छ । त्यसअघि कसैले पनि मलाई फिल्मको अफर गरेनन ।’

 

बलिउड हंगामाले यसबारे स्रोतलाई उध्दृत गर्दै भनेको छ, ‘दुईबीच केही समयदेखि वार्ता चलिरहेको छ । वास्तवमा पछिल्लो अपडेट यो हो कि शेरशाह निर्देशक विष्णु वर्धन यस उद्यमलाई निर्देशन गर्न फाइनल भइसकेका छन । सबै सरोकारवाला पक्षबीच हस्ताक्षर हुन बाँकी रहे पनि प्रगति भने स्थिर रहेको छ ।’ यो फिल्मसँगै सलमान र करण जोहरले २५ वर्षपछि सहकार्य गर्नेछन ।