२०८१ आश्विन ७ , सोमवार

फिल्ममा चम्किँदै गरिमा

सुनाखरी न्युज/ काठमाडौं। कसैको करियर लोभलाग्दो शैलीमा चम्किन्छ । यस्तै देखिएको छ मोडल गरिमा शर्माको करियर । उनी म्युजिक भिडियोमा जम्दै थिइन् । अब फिल्म क्षेत्रमा जम्ने स्थितिमा पुगेकी छिन् ।

 

गरिमाद्वारा अभिनित एउटा पनि फिल्म रिलिज भएको छैन । यद्यपि, फिल्ममा उनको काम नै नहेरी तीन निर्माताले उनलाई पत्याएका छन् । योसंगै उनका तीन फिल्म दर्शकमाझ आउने छन् । पहिलो फिल्म ‘लण्डन टु पेरिस’ बाट उनले डेब्यू गरिन् । यो फिल्मको प्रदर्शनको टुंगो नलागे पनि छायांकन पहिला नै सकिएको छ । त्यस्तै अर्को फिल्म ‘ह्रस्व दीर्घ’ पनि उनी अनुबन्धित छिन् ।

 

फिल्मको पहिलो सेड्युलको छायांकन सकिएको छ । अब तेस्रो फिल्मको रुपमा ‘दौँतरी’ मा उनी देखिने भएकी छिन् । यो फिल्ममा भने उनको मुख्य भूमिका रहने छ । अब एउटा पनि फिल्म प्रदर्शन नहुँदै ह्याट्रिक गर्नु भनेको आशीर्वादन नै पाएको भने पनि त भयो नि ।