सुनाखरी न्युज/ काठमाडौं ।यूनिटेक हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने जनाइएको छ । आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।
आइतबार क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले सेयर निष्काशन तथा बिक्री प्रबन्धकबारे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
हाइड्रोपावरले ताप्लेजुङ्गको फावाखोला, तिरिङ्गे र सिकैचा गा।वि।समा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माणा गरिरहेको छ । उक्त परियोजना निर्माणको काम ९० प्रतिशत भन्दा बढी सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।