सुनाखरी न्युज / काठमाडौं – विदेशमा पढ्न जाने विद्यार्थीहरूले चैत मसान्तसम्म सवा ६७ अर्ब रुपैयाँ खर्च गरेका छन ।
गत वर्ष सोही अवधिमा विदेश पढ्न जाने विद्यार्थीले ४३ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको थिए ।
राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान वित्तीय तथ्यांकअनुसार विदेश पढ्न जाने विद्यार्थीले चैत मसान्तसम्म ६७ अर्ब १९ करोड रुपैयाँ बाहिर लगेका हुन् ।