२०८१ मंसिर ४ , मंगलबार

काठमाडौं भ्यु टावरको पार्किङ खुल्यो

सुनाखरी न्युज/ काठमाडौं । पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यु टावरको अन्डरग्राउन्ड पार्किङ सर्वसाधारणका लागि खुला भएको छ। काठमाडौं महानगरपालिकाले गत शुक्रबारदेखि भ्यु टावरको अन्डरग्राउन्ड पार्किङ खुला गरेको हो। योसँगै महानगरको सहरी क्षेत्रमा देखिएको पार्किङ समस्या कम हुने अनुमान छ।

 

महानगरपालिकाअन्तर्गत सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रमुख महेश काफ्लेका अनुसार सुरुवातमा यहाँ तीन सयवटा चारपांग्रे र एक हजारवटा दुईपांग्रे सवारीसाधन पार्क गर्न मिल्नेछ। ‘२२ वैशाखदेखि नै भ्यु टावरको पार्किङ खुला गरिसकेका छौँ,’ प्रमुख काफ्लेले भने,२२ वैशाखदेखि नै भ्यु टावरको पार्किङ खुला गरिसकेका छौँ। अहिले यहाँ तीन सयवटा चारपांग्रे र एक हजारवटा दुईपांग्रे सवारीसाधन पार्क गर्न मिल्छ। नि:शुल्क गर्न सम्भव नभएकाले न्यूनतम शुल्क लिने निर्णय भएको छ।

 

महानगरले बागबजार, दरबारमार्ग, कालीमाटी, कलंकी, कुलेश्वर, चाबहिल, बौद्ध, माछापोखरीलगायत ठाउँको पार्किङ हटाएसँगै निर्माणाधीन भ्यु टावरको पार्किङ खोल्ने निर्णय गरेको थियो। पार्किङको माग गर्दै बागबजार क्षेत्रका व्यवसायी पटक–पटक आन्दोलित पनि भएका थिए। विरोधस्वरूप अझै पनि बागबजार क्षेत्रका व्यापारीले ब्यानर झुन्ड्याएका छन्। दरबारमार्ग क्षेत्रका व्यवसायीले पनि विरोधस्वरूप ब्यानर झुन्ड्याएका छन्। ‘हामीले विभिन्न ठाउँका पार्किङ हटाइसकेका छौँ।

 

हटाउने क्रममा पनि छौँ,’ पिपिपी प्रमुख काफ्लेले भने, ‘पार्किङ हटाउँदै गएपछि ‘कोर एरिया’को व्यापार नचल्ने अवस्थामा छ। ती ठाउँ चलायमान बनाउने गरी पार्किङस्थलको व्यवस्था गर्न माग आउन थालेको छ। त्यसैले भ्यु टावरको पार्किङ खुला गरेका हौँ।’ निर्माणाधीन भ्यु टावरको पार्किङ भने शुल्कसहितको हुनेछ। निःशुल्क गर्न सम्भव नभएकाले न्यूनतम शुल्क लिने निर्णय भएको काफ्लेले बताए।