२०८१ माघ २ , बुधवार

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द

सुनाखरी न्युज / हेटौंडा  – हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द भएको छ ।उपकरण मर्मत गर्न झण्डैं २० दिन लाग्ने उनले बताए । ४० वर्ष पुरानो उपकरण जीर्ण अवस्थामा रहेको र बेलाबेलामा बिग्रिरहने भएकाले सिमेन्ट उत्पादनमा समस्या भएको पाण्डेले बताए । ‘४० वर्ष पुराना मेसिन बिग्रिएर जीर्ण भएका छन् ।

प्राविधिक समस्याले गर्दा बेलाबेलामा उत्पादनमा अवरोध भइरहन्छ ।अब नयाँ प्रविधि र नयाँ मेसिनहरू खरिद गरी ल्याएर जडान नगरेसम्म हेटौंडा सिमेन्ट उद्योगले निकै आर्थिक भार व्यहोर्नुपर्ने अवस्था छ पाण्डेले भने।

क्लिङ्कर उत्पादनका लागि आगो बाल्ने भट्टीमा रहेको रोलर उपकरण बिग्रिएकाले बुधबारबाट सिमेन्ट उत्पादन कार्य पूर्णरुपमा बन्द भएको उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले जानकारी दिए ।