२०८१ पुष २९ , सोमवार

नियमित खोपबाट बञ्चित पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै

सुनाखरी न्युज/ काठमाडौं ।नियमित खोपबाट वञ्चित पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार खोप लगाइँदै छ ।

 

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आइतबार खोप दिइँदैछ । रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका बालबालिकालाई मन्त्रालयले १३ प्रकारको खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

 

जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाइफाइड जस्ता खोप अहिले लगाइँदै छ ।

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको तथा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् ।