२०८१ मंसिर १४ , शुक्रवार

वन क्षेत्रमा सिकार खेल्न हिँडेका तीन जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

 

मंगलबार बेलुका बर्दिबास नगरपालिका-११ स्थित ३ किलोमिटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्रभित्रबाट उनीहरू हतियारसहित पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरूमा सर्लाही ईश्वरपुर नगरपालिका वडा न.१२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेमबहादुर भोलन र ३८ वर्षीय अमिर स्याङतान छन् ।

 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र खयरमारा प्रहरी चौकीबाट खटिएको प्रहरीले २ थान भरुवा बन्दुक समेत बरामद गरेको छ । तिनै जनालाई हिरासतमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।