२०८१ आश्विन ८ , मंगलबार

हरिवंश आचार्यको ‘काउली’ले युट्युबमा पायो एक करोड भ्युज

सुनाखरी न्युज/ काठमाडौं । अभिनेता हरिवंश आचार्यको नयाँ गीत ‘काउली’ले युट्युबमा एक करोडको आँकडा पार गरेको छ । दुई महिनाअघि रिलिज भएको यो गीतलाई हरिवंश र शान्तिश्री परियारले मिलेर गाएका हुन् । यो रोमान्टिक र डान्सिङ ट्रयाकमा हरिवंशसहित प्रियंका कार्की, प्रकाश सपुत र बालकृष्ण वलीले अभिनय गरेका छन् ।

 

काभ्रेस्थित हरिवंशको आफ्नै गाउँमा छायांकन गरिएको यो गीतले कृषिप्रधान भूगोलको पात्र, मनोदशा र चाहनालाई रोमान्टिक शैलीमा प्रस्तुत गरेको छ । चेलीबेटी बेचबिखनविरुद्धको सन्देश यसले दिएको छ । गत वर्षको हिट फिल्म ‘महापुरुष’ लगत्तै हरिवंशले यो गीतलाई ल्याएका थिए ।काउलीले एक करोडभन्दा बढी भ्युज प्राप्त गरेसँगै हरिवंशले दर्शक, कलाकार र प्राविधिकप्रति आभार व्यक्त गरेका छन् ।

 

हरिवंशले गत वर्ष ल्याएका गीतहरु कर्कलो कोक्याउला र कोदोको रोटीले भने पछिल्लो गीतजस्तो बढी भ्युज प्राप्त गर्न सकेनन् । यसैबीच, प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’लाई दुई करोड ९७ लाख पटक हेरिएको छ । सपुतको ‘सकम्बरी’ले सबैभन्दा छिटो एक करोड भ्युज प्राप्त गर्ने नेपाली म्युजिक भिडियोको रेकर्ड राखेको थियो ।