सुनाखरी न्युज / अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा बिजुलीको पोलबाट खसेर एक जनाको ज्यान गएको छ । पोलबाट खसेर अर्का एक घाइते भएका छन् ।
सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको पोलमा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासी तार तान्दा किमडाँडाकै ३६ वर्षीय कृष्णबहादुर राना पोलबाट खसेर गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको प्रहरीले जनाएको छ ।
अर्का घाइते किरन रानाको जिल्ला अस्पतालमा उपचार भइरहेको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक डीएसपी मुकुन्द रिजालले बताउनुभयो ।