२०८१ आश्विन ८ , मंगलबार

फिल्म ‘डन ३’ मा शाहरुखलाई रिप्लेस गर्दै रणवीर सिंह

सुनाखरी न्युज / बलिउड फिल्म उद्योगमा जब डनको कुरा आउँछ तब सबैभन्दा पहिले अभिनेता अमिताभ बच्चन र शाहरुख खानको नाम आउँछ । यी दुबै अभिनेताले फिल्ममा निर्वाह गरेको दमदार अभिनयका कारण अन्य अभिनेतालाई उनीहरुको ठाउँमा राखेर सोच्न गाह्रो हुन्छ । तर अब भने यी दुई अभिनेताहरुको सूचीमा एक अर्का अभिनेताको नाम थपिने भएको छ । ती तेस्रो अभिनेता हुन् बलिउड उद्योगमा नयाँ पुस्ताका पावरहाउसको पहिचान बनाएका रणवीर सिंह ।

 

अभिनेता शाहरूख बाहिरिएसँगै फिल्ममा रणवीर सिंह अनुबन्धित भएका छन्। केही दिनअघि निर्माता रितेश सिधवानीले फिल्म ‘डन ३’ बन्ने पुष्टि गरेका थिए। ‘शाहरूख खानले फिल्म छाडेपछि चर्चित अभिनेताको खोजी गरिएको थियो। डनको विरासतलाई रणवीरले अगाडि बढाउन सक्छन् ।

 

शाहरूखको स्थानमा रणवीर सिंह अनुबन्धित भएको खबर बाहिरिएसँगै शाहरूखका फ्यान निराश भएका छन्। रणवीरले शाहरूखको जस्तो अभिनय गर्न नसक्ने उनीहरूको तर्क छ। फरहान अख्तरले अमिताभ बच्चन, शाहरुख खान र एक नयाँ अभिनेतालाई लिएर फिल्म बनाउने योजना बनाएका थिए। तर, अख्तरको तीन पुस्ता लिएर फिल्म बनाउने योजना शाहरुखलाई मन नपरेको बताइएको छ।