२०८१ पुष २२ , सोमवार

दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको शिखरमा

सुनाखरी न्युज / काठमाडौँ – घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका रोल्पाका हरिबहादुर बुढा मगरले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्।वसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

 

यससँगै पूर्व गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन  व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।उक्त आरोहण दलको नेतृत्व कृष्ण थापाले गरेको जनाइएको छ।

 

सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगर ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए। दुवै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा चढिसकेका छन्।

 

चिनियाँ पर्वतारोही सिया बोयूले र न्यूजील्यान्डका मार्क इङ्ग्लिसले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए। उनीहरू घुँडामुनि खुट्टा नभएका आरोही हुन्।  बीबीसी