सुनाखरी न्युज/ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई नीति तथा कार्यक्रम फिर्ता लिन अनुरोध गरेका छन् ।
उनले नीति तथा कार्यक्रमले स्पष्ट कार्यदिशा दिन नसकेको दाबी गर्दै प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई नीति तथा कार्यक्रम फिर्ता लिन अनुरोध गरेका हुन् । उनले नीति तथा कार्यक्रम फिर्ता लिएर पुर्नलेखन गर्न सुझाव दिएका हुन् । ओलीले अहिलेकै अवस्थामा यो नीति तथा कार्यक्रमलाई पास हुन नदिइने पनि स्पष्ट पारे ।
सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको भन्दै अर्थशास्त्रीहरुले पनि आलोचना गरिरहेका छन् ।