२०८१ मंसिर ४ , मंगलबार

अरू दिन झैँ आज पनि तिम्रो…….

गोबिन्द राज ओझा
अरू दिन झैँ आज पनि तिम्रो सम्झनाले सतायो ।
रोक्न कहाँ सक्थे र मनमा सम्झनाको आधि चल्यो ।
यो मनलाई पनि सम्हालेर राख्न गाह्रो भएछ ।
सँगै थियौ साथी भुल्न साह्रो भएछ ।

अँगालोमा उही माया देख्छु मैले तिम्रो छाया ।
रातको समयमा पनि प्यारो लाग्छ जूनको छाया ।
मनमा पनि आशाका केही सङ्केत थिए ।
यो गाउँमा सबैको प्यारो मै थिए ।

चोटहरू धेरै थिए तर पनि सहेको छु ।
ढुङ्गाबाट मूर्ति बनाउन सिकेको छु।
अरू दिन झैँ आज पनि तिम्रो सम्झनाले सतायो ।
रोक्न कहाँ सक्थे र मनमा सम्झनाको आधि चल्यो ।

गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी