सुनाखरी न्युज / काठमाडौं – बाघको आक्रमणमा परी बारा जिल्लामा एक महिला घाइते भएकी छन्। जीतपुर- सिमरा उपमहानगरपालिका १४ बोरिङ टोल बस्ने ३६ वर्षीया प्रमिला थिङ घाइते भएकी हुन्।
बाघले आक्रमण गर्दा उनको अनुहार, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । प्रमिलाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सोही टोलस्थित हलखोरिया साझेदारी बनमा दाउरा काटिरहेकी उनीमाथि बाघले आक्रमण गरेको थियो।
घाइते भएकी उनको नेसनल मेडकल कलेज वीरगञ्जमा उपचार भइरहेको तथा उनको अवस्था मध्यम रहेको पाण्डेले बताए।