२०८१ आश्विन ८ , मंगलबार

अनुष्का शर्मा भन्छिन् – भामिकाकै लागि वर्षमा एउटा मात्र फिल्म गर्न चाहन्छु

सुनाखरी न्युज / काठमाडौं – अभिनेत्री अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहली बलिउडको रुचाइएको जोडीमा पर्दछन् । यो जोडीले पहिलो सन्तानका रुपमा भामिकालाई सन् २०२१ मा स्वागत गरे । अहिले अनुष्का फिल्मभन्दा बढी ब्राण्ड प्रमोसनदेखि सम्झौतामा व्यस्त छिन् ।

केही दिनअघिमात्र विराट र अनुष्का बेङ्लोरको पुमाको एक कार्यक्रममा देखिए । जहाँ अनुष्काले विराट र छोरी भामिकासँगै आफ्नो आगामी जीवन र करियरको बारेमा खुलेर कुरा गरिन् । भामिकालाई विराटको भन्दा पनि मेरो बढी आवश्यकता छ ।

 

त्यही कारण अब म भामिकाकै लागि वर्षमा एउटा मात्र फिल्म गर्न चाहन्छु’, अनुष्का भन्छिन्, ‘अभिनय र परिवारलाई सन्तुलनमा राख्न मैले यो निर्णय लिएकी हुँ । भामिकाका लागि मेरो उपस्थिति र नेतृत्व अनिवार्य भइसकेको छ ।’