२०८१ पुष २९ , सोमवार

मुंगको दाल खाँदा हुने फाइदा

सुनाखरी न्युज/ काठमाडौं । रंगमा पहेंलो मुंगको दाल जति स्वादिष्ट हुन्छ त्यति नै पोषक तत्वहरुले भरिएको हुन्छ । त्यसैले आफ्नो खानपानमा मुंगको दाल समावेश गर्नु उचित हुन्छ । जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

 

मुंगको दालमा कपर, प्रोटिन, फोलेट, फाइबर, भिटामिनहरु, पोटाशियम आदि पोषक तत्व पाइन्छन् । जसले शरीरको तौल कम गर्न पनि एकदमै फाइदा पुर्‍याउँछ । मुंगको दालमा क्यालोरी एकदमै कम हुन्छ जसले गर्दा तौल बढ्ने चिन्ता हुँदैन । त्यस्तै शरीरलाई विभिन्न रोगबाट बचाउन पनि मुंगको दाल एकदमै फाइदाजनक छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । पाचन प्रक्रियाका लागि पनि मुंगको दाल एकदमै फाइदाजनक छ । यो दाल बुढादेखि बच्चासम्म तथा वयस्क सबैले सेवन गर्न सकिन्छ ।

 

यसले पाचन सम्बन्धी समस्यालाई कम गरी पेटलाई स्वस्थ राख्ने काम गर्छ । उच्च रक्तचापका बिरामीले पनि मुंगको दाल खानु फाइदाजनक मानिन्छ । पोटाशियमले भरिपूर्ण मुंगको दाल सेवन गरेमा शरीरको रक्तचाप नियन्त्रणमा रहन्छ । मुंग दालको सेवन मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ । त्यसैले यो पाचन प्रक्रिया कमजोर भएका तथा पेट सम्बन्धी रोग भएकालाई निकै उपयोगी छ । यसलाई पचाउन एकदमै सजिलो हुन्छ । त्यसैले डाक्टरले बिरामीलाई यही दाल सेवन गर्न सुझाव दिने गरेका हुन् ।एजेन्सी