२०८१ पुष १३ , शनिवार

संसद भवन उद्घाटन समारोहमा सेंगोलको सामुन्ने लम्पसार परे मोदी

सुनाखरी न्युज/ काठमाडौं ।

भारतमा संसदको नवनिर्मित भवनको उद्घाटन भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य समारोहबीच  संसद भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा मोदीले लम्पसार परेर सेंगोल अर्थात संसद भवनमा राखिने दण्डलाई ढोगेका छन् । मोदीले सेंगोललाई नयाँ संसद भवनमा लगेर लोक सभाका अध्यक्षको आसनको दायाँतर्फ स्थापित गरेका छन् ।

 

उनले संसद भवन एउटा भवन मात्र नभइ १४० करोड भारतीयको आकांक्षाको प्रतिबिम्ब र लोकतन्त्रको मन्दिर भएको बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।