२०८१ आश्विन ८ , मंगलबार

एनसेल कन्सर्टमा झुम्यो विराटनगर

सुनाखरी न्युज/ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाट खोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतिका गाउदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए ।

सदावहार दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड देखि आषिश राना (लाउरे),द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित सबैले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकहरु लाई मन्त्रमुग्ध पारेका थिए । कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा अझै रौनकता थपिदिएको थियो ।

सांगीतिक कार्यक्रममा झुम्नपाएका हजारौं विराटनगरका दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्यबनाएको थियो ।दिउँसो केहीगर्मी भएपनिदर्शकहरुले अस्मिताअधिकारी र सुनिल पण्डितका गीतहरुमागाउदै नाचेका थिए ।

द एलिमेन्ट्सको प्रस्तुतिले दर्शकहरुमाझनै उर्जा थपिदिएको थियो । द एलिमेन्ट्सले उर्जा, सपनाको मायालु, बिर्सिनेहौ किलगायतकाआफ्ना हिट गीतहरुका साथदर्शकहरुलाई संगीतमा डुबाउँदै झुमायो । धोकेबाजहौ तिमी, क्यादामीभो, पिलायो साथीले जस्ता लोकप्रियगीतका साथकलाकार शिव परियारले विराटनगर बासीलाई नचाए ।

त्यस्तै लाउरेको नेपहपको बाटो, दुई रुपैयाँ, बिरामी जस्ता र्यापगीतले सांगितीककार्यक्रमझनै तातिएको थियो । दिपकबज्राचार्य एन्ड रिदम ब्यान्डको मन मगन, कालीकाली हिस्सी परेकी, मायाको डोरीलगायतकाचर्चित गीतहरुको प्रस्तुतिसाथशनिबार विराटनगर संगीतमयबन्यो ।

‘रमाऔ सधै सँगै’ भन्ने थिमका साथ आयोजना गरिएको यस सांगीतिक कार्यक्रमले विराटनगरका आफ्ना ग्राहकहरुलाई मनोरञ्जन प्रदानगर्दै, देश विदेशमा रहनुभएका सबैसँग फेसबुक लाईभ मार्फत जोडिएखुसी साटा साट गर्न सफल भएको एनसेलले जनाएको छ ।ग्राहक सुविधाको लागि कार्यक्रम स्थलमा एनसेलको स्टलका साथै अन्यफुड स्टलहरु पनि रहेको थियो ।

यस अघि एनसेलले नयाँवर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमाआयोजना गरेको थियो । अर्थतन्त्र, पर्यटन व्यवसायलाई चांडोभन्दा चाँडो पुनरुत्थान, नवउत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, सानातथामझौलाउद्यमएवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने लगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजनागरिएको थियो ।

एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो । सन्२००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवाप्रदान गर्दै प्रत्येक नेपाली लाई आफ्नो नेटवर्क मार्फत जोड्न, आफ्नाग्राहक र साझेदारहरू लाई लाभ प्रदान गर्न अनवरत रूपमाकाम गर्दै आएको छ ।