२०८१ मंसिर ११ , मंगलबार

छालाको मसाज गर्दा के-के हुन्छन् फाइदा ?

सुनाखरी न्युज/ काठमाडौं । हरेक महिलालाई मुलायम, कोमल तथा कसिलो छाला मन पर्छ । तर, यसका लागि हामीले जुन बाहिरका विभिन्न क्यामिकलयुक्त सामग्रीको प्रयोग गर्छौं त्यसले छालालाई ड्यामेज तथा रुखो बनाउँछ । जसबाट बच्नका लागि एकदमै राम्रो उपाय छ फेसियल मसाज ।

 

अनुहारको मसाजलाई जहिले पनि हामीले जहिले पनि नजरअन्दाज गर्छौं । तर, छालालाई कसिलो, मुलायम तथा चम्किलो बनाउनका लागि मसाज एकदमै जरुरी हुन्छ । जसले गर्दा दागधब्बाका साथै चाउरीपना पनि आउँदैन । आज जानौं अनुहारमा मसाज गर्दा कस्ता खालका फाइदाहरू पाइन्छ ।

रक्तसञ्चार राम्रो हुन्छ

अनुहारमा मसाज गर्दा छाला सुन्निएको कम हुनुका साथै अनुहारमा रगतको सञ्चार पनि राम्रो हुन्छ । जसले गर्दा अनुहारमा मौजुद सबै रक्तकोषिकाहरूले राम्रोसँग अक्सिजन लिन पाउँछन् । तथा मसाजले छालामा पोषण पनि प्राप्त हुन्छ । मसाज गर्नाले छालाले ताजगी तथा आराम पाउँछ । जसले गर्दा छाला एकदमै सफा देखिन्छ ।

डन्डीफोरबाट छुट्कारा

अनुहारमा डन्डीफोर आउनु आम समस्या जस्तै हो । अनुहारको मसाजले रक्त सञ्चार राम्रो हुन्छ जसले गर्दा डन्डीफोरको समस्याबाट छुट्कारा पाउन सकिन्छ । तर, अनुहारको मसाज गर्दा धेरै दबाब दिनबाट बच्नुपर्छ । हल्का हातले नै मसाज गर्नु पर्दछ ।

एन्टीएजिंग तथा चाउरीपनाबाट छुट्कारा

अनुहारको मसाज गर्नाले तपाईंको बुढो हुँदै छालामा आउने समस्या कम हुन्छ । यसले तपाईंको छाला एकदमै जवान देखिन्छ । त्यस्तै, उमेरसँगै आउने चाउरीपनाबाट पनि छुट्कारा पाउन सकिन्छ ।

 

कोमल बनाउँछ

छालालाई रुखो हुनबाट जोगाउनका लागि मसाज एकदमै फाइदाजनक हुन्छ । यसले छालालाई कोमल तथा मुलायम बनाउँछ । जसले गर्दा तपाईंको छाला बच्चाको जस्तै कोमल हुनेछ । त्यसैले छालालाई समय समयमा मसाज गर्नुपर्दछ ।एजेन्सी