२०८१ आश्विन ८ , मंगलबार

आयुषको निमन्त्रणामा नेपाल आइन् चर्चित पाकिस्तानी टिकटकर जमाली

सुनाखरी न्युज/ काठमाडौं । आयुषसिंह ठकुरी नेपाली टिकटकर माझ लोकप्रिय छन्। उनी जस्तै लोकप्रिय छिन् पाकिस्तानकी अलिजेह जमाली।

 

हाल दुबईमा बस्दै आएकी टिकटकर जमाली र नेपालका ठकुरी प्राय लाइभमा भेट्टिरहन्छन्। उनीहरु दैनिक २ लाख भन्दा धेरै दर्शकसँग लाइभ मार्फत जोडिन्छन्। यो दर्शक संख्या नेपालका लागि अत्याधिक मानिन्छ।आयुष र जमालीको लाइभ सम्बादले दुई राष्ट्रको धर्म र सांस्कृति सम्बन्धलाई बलियो बनाएको उनीहरुको तर्क छ।

 

यी दुई टिकटकर हाल प्रत्यक्ष रुपमा भेटिएका छन्। आयुषको निमन्त्रणामा जमाली नेपाल आएकी छन्। जालिमले नेपाल बसाईका क्रममा केही म्यूजिक भिडिओमा अभिनय गर्ने छिन्। उनले नेपालका केही स्थानको भ्रमण समेत गर्नेछिन्। आयुष भन्छन्, ‘विश्वभरका हाम्रा विशाल दर्शकहरूमाझ नेपालको पर्यटन प्रवर्द्धन गर्न हामी सक्दो प्रयास गर्नेछौं।’