२०८१ मंसिर ११ , मंगलबार

विराटनगरमा एनसेलको सांगीतिक कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ। कम्पनीले दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, आशिष राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनील पण्डितजस्ता चर्चित कलाकारको सहभागितामा कन्सर्ट आयोजना गरेको हो।

 

सबै कलाकारले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकलाई मन्त्रमुग्ध पारेको कम्पनीले जनाएको छ। ‘रमाऔँ सधैँ सँगै’ भन्ने थिमका साथ आयोजना गरिएको सांगीतिक कार्यक्रमले विराटनगरका आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्दै देश–विदेशमा रहेका सबैसँग फेसबुक लाइभमार्फत जोडिएर खुसी साटासाट गर्न सफल भएको एनसेलले जनाएको छ। ग्राहक सुविधाका लागि कार्यक्रम स्थलमा एनसेलको स्टलका साथै अन्य फुड स्टलहरू पनि रहेको जनाइएको छ।

यसअघि एनसेलले नयाँ वर्ष ०८० को अवसरमा वैशाख २ गते शनिबार काठमाडौंको दरबारमार्गमा एनसेल प्रिजेन्ट्स १६औँ दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे आयोजना गरेको थियो। अर्थतन्त्र, पर्यटन व्यवसायलाई चाँडोभन्दा चाँडो पुनरुत्थान, नवउत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नेलगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजना गरिएको कम्पनीले जनाएको छ।