सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण र भ्रमणदलमा रहने अधिकारीहरूको नाम पनि टुंगो लगाएको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री दाहालको जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणको टोली निर्माण गरेको जानकारी दिइन् ।
प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित ५ जना मन्त्री रहने उनले जानकारी दिइन् ।
मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८०र८१ को बजेट संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय पनि गरेको थियो ।