सुनाखरी न्युज/ काठमाडौं । नेपाल सरकारले इन्टरनेटको प्रयोग मार्फत गरिने अनलाइन व्यवसाय ‘ई कमर्श’ लाई कानुनी दायरामा ल्याउने घोषणा गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
विश्वबजारसँगै नेपालमा पनि ई कमर्शको प्रयोग बढ्दै गएकाले यसलाई व्यवस्थित गर्ने उदेश्यले इ कमर्शलाई कानुनि दायरामा ल्याउन लागिएको संसदमा अर्थमन्त्री महतले जनाएका छन्।