२०८१ माघ ३ , बिहिवार

विदेशमा अध्ययन गर्न जाने विद्यार्थींले विदेशी मुद्रा साट्दा लाग्ने शिक्षा सेवा शुल्क वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थींले विदेशी मुद्रा साट्दा त्यस्तो सटही रकममा लाग्ने शिक्षा सेवा शुल्क वृद्धि भएको छ ।

 

आर्थिक विधेयक २०८० का अनुसार विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क वापत विदेशी मुद्राको सटही गर्दा त्यस्तो सटही रकममा तीन प्रतिशत शिक्षा सेवा शुल्क लाग्ने भएको छ । पहिले २ प्रतिशत रहेकाे याे रकममा अब थप एक प्रतिशतले बढ्ने भएकाे हाे ।

यसैगरी, विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैंक वा वित्तीय संस्थाले शिक्षण सेवा शुल्क वापत संकलन गरेको रकम अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरेर त्यसको विवरण राजस्व कार्यालयमा पठाउनु पर्ने भएको छ ।