२०८१ माघ ३ , बिहिवार

साना करदातालाई सरकारले दियो सुविधा, हरेक ४ महिनामा विवरण पेस गरे हुने

सुनाखरी न्युज/ काठमाडौं । सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि ४–४र महिनामा पेस गर्ने व्यवस्था गरेको छ। यसअघि हाल हरेक महिना कर र सोको विवरण पेस गर्ने व्यवस्था रहेको थियो।

कर सहभागिता लागत र समय घटाई साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको हो।