सुनाखरी न्युज/ काठमाडौं । सबैभन्दा बढी विश्वसनीय ब्रान्ड रियलमीले एन सिरिज अन्तर्गतका दुई वटा दमदार स्मार्टफोन मोडलहरु नेपालमा ल्याउने भएको छ । एनले संकेतात्मक रुपमा विविधता, नयाँपन र असिमित सम्भावनाहरु लाई जनाउने कम्पनीले जनाएको छ ।
रियलमीनेपालले यीमोडलहरु आफ्नो छुट्टै रुची, लगाव र लक्ष्य भएका जेनेरेसन जेड (जेन जि) को लागि डिजाइन गरिएको जनाएको छ । यी नयाँ स्मार्टफोनहरूमा ब्याट्री (चार्जिङ), चिपसेट(कार्यसम्पादन) र क्यामेराहरूमा आधुनिक अपडेटहरूका साथ स्मार्टफोनको बजारमा नयाँ परिवर्तन ल्याउनेछन् ।
रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल–नार्जो एन ५३
यो रियलमीको अहिलेसम्मको सबैभन्दा स्लिम मोडल हो । यसमा ३३ वाटको फास्ट चार्जिङ, अद्घित्तियक्यामरा र लेटेस्ट चिपसेट रहेको छ । त्यस्तै यसमा ९० हर्जको आकर्षक एफएचडि डिस्प्ले र नयाँँमिनीक्याप्सुल फिचर रहेको छ । यो एन सिरिजको नेक्स्ट जेन क्विक र नेक्स्ट जेन सिक स्मार्टफोन हो ।
ब्याट्रिको असलीपावर हाउस – नार्जो एन ५५
नार्जो एन ५५ माशक्तिशाली ५००० एमएएचको ब्याट्रि र सुपर फास्ट ३३ वाटको सुपर भोक चार्जिङ भएकोले बिजुलीचम्केको गतीमाफोन चार्ज हुन्छ । त्यस्तै यसमागज्जबकाफोटोग्राफिफंक्सनभएका ६४ एमपिको एआइक्यामरा र ८ एमपिको सेल्फीक्यामरा रहेको छ । ९० हर्जको रिफ्रेस रेट भएको फुल एचडि प्लस डिस्प्लेले गर्दा फोन चलाउनएकदमै सहजअनुभव हुन्छ ।
साथै यसमा मेडियाटेक हेलियो जि८८ चिपसेट, १२ जिबिको डाइनामिक ¥याम, रियलमियुआइ ४.० र नयाँ अटो पिक्सलेट सेफ्टी फिचर पनि रहेको छ । चलाउनको लागि नयाँ नयाँ फिचर, हेर्दा आकर्षक डिजाइन र अतुलनियपर्फर्मेन्सको साथमा सम्भावनालाई नयाँ अर्थ दिनतयार हुनुहुन्छ ? अब आफ्नो पहिचान र असलीपनशानसँग देखाउनुहोस ।