सुनाखरी न्युज/ करण र करिनाको सम्बन्ध निकै राम्रो छ । उनीहरू प्रायः पार्टीमा सँगै देखिन्छन ।करणले करिनाका धेरै फिल्महरू निर्देशन र निर्माण पनि गरेका छन् । तर यस्तो समय पनि थियो जब दुई जना बीच पानी बाराबारको स्थिति थियो । यसको कारण पनि निकै रोचक छ ।
करणले आफ्नो अटोबायोग्राफी ‘एन अनसुटेबल बोय’ मा यसबारे बताइएको छ । कुरा सन् २००३ मा रिलिज भएको फिल्म ‘कल हो ना हो’ को कास्टिङ बेलाको हो । सन् २००२ मा करिना कपुर, ऋतिक रोशन र राजी मुखर्जी स्टारर ‘मुझसे दोस्ती करोगे’ रिलिज भएको थियो । फिल्म बक्स अफिसमा फ्लप भयो । यसका लागि करिना दुःखी थिइन् । फिल्मको पहिलो विकेन्डमा करण जोहरले करिना कपुरलाई फोन गरे । करणले करिनालाई फिल्म ‘कल हो ना हो’ मा मुख्य नायिकाको रूपमा काम गर्न प्रस्ताव दिए । तर करिनाले करणलाई शाहरुखको जति पारिश्रमिक भए मात्रै आफू काम गर्ने बताइन् । यो सुनेर करण चकित गरेका थिए । उनले करिनाको प्रस्ताव अस्वीकार गरिदिए ।
उनका बुवा यश जोहर र उनले फिल्म निर्माण गरिरहेका थिए । उनका बुवा करिनाले यो फिल्ममा काम गरोस् भन्ने चाहन्थे । बुवाले भनेपछि उनले करिनालाई पुनः फोन गरे तर करिनाले उनको फोन उठाइनन् । करिनाको यस्तो व्यवहार देखेपछि उनले तुरुन्त प्रिटी जिन्टालाई उक्त भूमिका प्रस्ताव गरे । प्रिटी फिल्ममा काम गर्न तयार भइन् ।
त्यसपछि करण जोहरले लगभग एक वर्षभन्दा करिना कपुरसँग कुरा गरेनन् । लगभग ९ महिनासम्म यी दुईबीच पानी बाराबारको स्थिति थियो । तर यश जोहरको स्वास्थ्य खराब भएपछि करिनाले करणलाई उनको स्थितिबारे जान्नका लागि फोन गर्न थालिन् । यतिबेला नै उनीहरूको सबै मतभेद सुल्झियो ।